झारा टार्ने छानबिन समिति र राहतको परम्परा बन्द गरियोस्: श्रद्धा कुमार क्षेत्री


२०८३ जेठ ७ बिहीबार १३:०१ बजे

काठमाडौँः प्रतिनिधिसभा सदस्य श्रद्धा कुमार क्षेत्रीले मुलुकको सडक सुरक्षा, तराईको डुबान र विश्वभर फैलँदै गरेको इबोला भाइरसको गम्भीर खतराप्रति सरकारको तीव्र ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद क्षेत्रीले विपद् आइसकेपछि मात्र ब्युँझिने र झारा टार्ने सरकारी प्रवृत्तिमाथि आक्रोश व्यक्त गरिन्।

संसद्‌मा बोल्दै यनलेले पाल्पा–बुटवल सडक खण्डअन्तर्गतको सिद्धबाबा क्षेत्रको जोखिमपूर्ण यात्राको स्मरण गराए। ‘म कसैसँग डराउँदिनँ भन्ने साहसी व्यक्ति पनि एकपटक सिद्धबाबा क्षेत्रमा यात्रा गर्दा भगवान्लाई सम्झेर मेरो रक्षा गरिदिनुहोस् भन्न बाध्य हुन्छ’, क्षेत्रीले भने।

बर्खायाम सुरु भएसँगै तराईमा सिर्जना हुने डुबानको विकराल अवस्थाबारे बोल्दै उनले नागरिकहरू आफ्नै घरको छतबाट आकाशतर्फ हेर्दै हेलिकप्टरसँग गुहार मागिरहनु परेको पीडादायी सुनाए। ‘जीवनको कुनै मूल्य हुँदैन महोदय ?’ भन्दै उनले थपे, ‘नेपालमा वर्षौँदेखि एउटै चक्र चलिरहेको छ—विपद् आउँछ, विवाद हुन्छ, छानबिन समिति बन्छ, सरकारले दुःख व्यक्त गर्छ, सामान्य राहत बाँड्छ र आफ्नो जिम्मेवारीबाट भाग्छ। यो प्रवृत्तिको अन्त्य हुनैपर्छ।’

विश्वस्तरमा इबोला जस्ता घातक भाइरसहरूको संक्रमण बढिरहेको छ, यसमा नेपाल सरकारले के तयारी गरिरहेको छ? क्षेत्रीले प्रश्न गरिन्। उनले विपद् र महामारी आइसकेपछि पछुताउनु भन्दा, समस्या आउनु अगावै सीमा नाका र स्वास्थ्य क्षेत्रमा पूर्वतयारीका साथ सहयोग र नियन्त्रणका कदमहरू चाल्न सरकारसँग जोडदार माग गरिन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७