नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

निमोनिया र रगतमा इन्फेक्सन


२०८३ जेठ १६ शनिबार १२:५७ बजे
फाइल : तस्बिर

काठमाडौँ :  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। विगत तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरो आएपछि उनलाई थप उपचार र स्वास्थ्य परीक्षणका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

उनका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार अस्पतालमा विस्तृत स्वास्थ्य जाँच गर्ने क्रममा प्रचण्डमा निमोनिया र रगतमा इन्फेक्सन (संक्रमण) देखिएको छ। चिकित्सकहरूले निमोनियाको उपचार अस्पतालमै भर्ना भएर गराउँदा बढी प्रभावकारी र सुरक्षित हुने सुझाव दिएपछि उनलाई अस्पतालमै राखेर उपचार प्रक्रिया अगाडि बढाइएको आचार्यले जानकारी दिए।

अस्पताल भर्ना भएर उपचार भइरहे पनि नेता प्रचण्डको हालको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको स्वकीय सचिवालयले जनाएको छ। चिकित्सकहरूको निगरानीमा उनको आवश्यक उपचार भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७