काभ्रेमा बस दुर्घटना

बनेपातर्फबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बस दुर्घटना


२०८३ जेठ २९ शुक्रबार १५:१२ बजे

काठमाडौं :  काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्।

काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालकुमार अधिकारीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी आठ जनाको घटनास्थल तथा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटना लगतै स्थानीय र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ। अस्पताल पुर्‍याइएका घाइतेहरूमध्ये केहीको अवस्था अझै चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७