काभ्रे बस दुर्घटना: मृतकको संख्या ८ पुग्यो
दुर्घटनाका घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो
काठमाडौँ : काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको अरनिको यातायातको बा ३ ख ८३९८ नम्बरको बस बिपी राजमार्गबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा परी आठ जनाको ज्यान गएको पुष्टि भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्, जसको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त बसमा २५ देखि ३० जना यात्रु सवार रहेको अनुमान गरिएको छ। नेपाल प्रहरी र स्थानीयवासीको टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएका थिए। मृतकहरूको पहिचान खुलाउने र दुर्घटनाको कारणबारे अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
.gif)

.png)

