धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटनामा
बैतडी: कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार सुपप्र ०१००१ खा ३९६३ नम्बरको उक्त बस बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनाग्रस्त भएको हो। बस अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा खटिनुभएका पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश विष्टका अनुसार हालसम्म १६ जना घाइतेको उद्धार गरिएको छ। घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरूले घटनास्थलमा पुगी उद्धार कार्य जारी राखेका छन्। दुर्घटनाको विस्तृत विवरण र घाइतेहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
.gif)

.png)

