प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल–एडीबी सहकार्य, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
एडीबी अध्यक्ष कान्डा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित आइतबार राति काठमाडौं आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले सोमबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।
अध्यक्ष कान्डाको नेपाल भ्रमणका क्रममा पूर्वाधार, ऊर्जा, सहरी विकास तथा अन्य विकास परियोजनामा एडीबीको सहयोग र आगामी सहकार्यका विषयमा विभिन्न तहमा छलफल हुने अपेक्षा गरिएको छ।
.gif)

.png)

