हर्क साम्पाङको गुनासो: ‘देशका लागि काम गरें, राज्यबाट प्रशंसा होइन मुद्दा पाएँ’


२०८३ असार २४ बुधबार १३:४६ बजे

काठमाडौं । हर्क साम्पाङले आफूले देश विकासका लागि निरन्तर काम गरे पनि राज्यबाट कहिल्यै उचित सम्मान नपाएको गुनासो गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लाखौँ गाली सहेर पनि देश विकासमा योगदान दिइरहेको उल्लेख गरेका छन्। तर त्यसको कदर गर्नुको सट्टा राज्यले अपमान गर्दै मुद्दासमेत लगाएको उनको भनाइ छ।

उनले लेखेका छन्, “लाखौँ गाली खाएर भए पनि देश विकासमा योगदान दिइरहेँ, तर कहिल्यै राज्यले appreciate गरेन। बरु उल्टै अपमान गरेर मुद्दा लगाइदियो। यस्तो देशमा self-motivated नभई टिक्न सकिन्न। टेक्दै काँडा विकासको बाटोमा हिँड्दैछु म यो देशलाई सम्झेर।”

साम्पाङको यो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेको छ। उनी यसअघि पनि विकास निर्माण, श्रमदान अभियान र समसामयिक राजनीतिक विषयमा आफ्ना स्पष्ट धारणा सार्वजनिक गर्दै आएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७