नेपाल र भारत 'ए' बीच पहिलोपटक टी-२० सिरिज हुने


२०८३ असार २६ शुक्रबार २२:३५ बजे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारत 'एु टोलीसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।

स्कटल्यान्डमा आयोजित आईसीसी सम्मेलनका क्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देभजित सैकियाबीच भएको भेटवार्तापछि सिरिज आयोजना गर्ने निर्णय भएको क्यानले जनाएको छ। 

सिरिज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंसिर २३ देखि २७ गतेसम्म हुनेछ।

खेल तालिका

पहिलो खेलस् मंसिर २३ (डिसेम्बर ९)
दोस्रो खेलस् मंसिर २५ (डिसेम्बर ११)
तेस्रो खेलस् मंसिर २७ (डिसेम्बर १३)

नेपाल र भारत 'एु बीच हुने यो सिरिजले नेपाली क्रिकेटलाई उच्चस्तरीय प्रतिस्पर्धात्मक अनुभव दिलाउनुका साथै दुवै देशका क्रिकेट समर्थकका लागि पनि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७