महानगर र नगर प्रहरीलाई प्रतिवादी बनाउँदै गणेश नेपालीका परिवारद्वारा जाहेरी दर्ताको तयारी


२०८३ असार २९ सोमबार ११:०६ बजे

काठमाडौं :  त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा परिवारले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका छन्। मृतकका परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिने उद्देश्यले सोमबार बिहान प्रहरी वृत्त कालिमाटीमा पुगेका छन्।

मृतकका परिवारले काठमाडौं महानगरपालिका र घटनाको समयमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी तयार गरिरहेका छन्। कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी लेखाउन परिवारका सदस्यहरू सोमबार बिहानैदेखि लेखापढी व्यवसायीकहाँ पुगेका हुन्।

प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेशकुमार सिंहका अनुसार, हालसम्म जाहेरी दर्ता भइसकेको छैन।  गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा पार्किङ गरिएको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्वील लक लगाएपछि विवाद उत्पन्न भएको थियो। सोही क्रममा नगर प्रहरीसँग विवाद बढेपछि गणेश नेपालीले मोटरसाइकलको ट्यांकीबाट पेट्रोल झिकी आफ्नो शरीरमा खन्याएर आगो लगाएका थिए, जसका कारण उनको मृत्यु भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७