गणेश नेपाली प्रकरणः परिवारद्वारा प्रहरीमा जाहेरी, छानबिन गर्न पाँच सदस्यीय समिति गठन


२०८३ असार २९ सोमबार १३:२६ बजे

काठमाडौं: त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको परिवारले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिने तयारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी दर्तापछि कानुनी प्रक्रिया अघि बढाइने बताए। उनका अनुसार पोस्टमार्टमपछि शव परिवारलाई बुझाइनेछ र आवश्यक देखिए मुद्दा पनि अघि बढाइनेछ।

घटनाको सत्यतथ्य छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि भएको विवादका क्रममा गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो। यसअघि परिवार र प्रशासनबीच घटनासम्बन्धी ९ बुँदे सहमति भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७