अमेरिकी पूर्व नौसेना अधिकारी नेपाल-भारत सीमाबाट पक्राउ गरिएको भारत सरकारको पुष्टि


२०८३ असार ३० मंगलबार २०:४४ बजे

नयाँ दिल्ली – नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका अमेरिकी नागरिक भारत सरकारले हिरासतमा रहेको कुराको पुष्टि भएको छ। पक्राउ पर्नेमा क्यालिफोर्नियाका ३६ वर्षीय जोडर्न ब्राउन रहेको र उनी अमेरिकी नौसेनाका पूर्व अधिकारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैशवालले एक विदेशी नागरिकलाई अध्यागमन तथा यात्रा कागजात सम्बन्धी कमीका कारण हिरासतमा लिइएको जानकारी दिए। ब्राउन ११ जुलाईका दिन नेपालको सुनौली सीमा क्षेत्रअन्तर्गत पर्ने मैनहवाबाट पक्राउ परेका हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा भारतीय सीमा सुरक्षा बलले उनलाई नियन्त्रणमा लिइरहेको दृश्य देखिएको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार, थाइल्याण्डबाट सामुद्रिक मार्ग हुँदै श्रीलंका र त्यहाँबाट गोवा पुगेका ब्राउन नेपाल प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन्। हाल उनलाई नयाँ दिल्लीस्थित तिहाड जेलमा राखिएको छ र घटनाबारे थप छानबिन भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७