विभाजनको संघारमा कांग्रेस
देउवा-कोइराला पक्षले साउन २९ गते बोलायो राष्ट्रिय भेला
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गते राष्ट्रिय भेला आह्वान गरेको छ। शीर्ष नेताहरूले उक्त भेलाबाट नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र आवश्यक परे नयाँ पार्टी गठन गर्ने स्पष्ट संकेत दिएपछि कांग्रेस औपचारिक रूपमा विभाजनको दिशातर्फ उन्मुख भएको देखिएको छ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमहामन्त्री तथा कार्यक्रम संयोजक प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमै राष्ट्रिय भेला आयोजना हुने घोषणा गरे। 'हाम्रो राष्ट्रिय भेला साउन २९ गते काठमाडौंमा हुन्छ। यो थ्रेट होइन, काम गरेर देखाउने हो। हिजो पनि देखाएका थियौँ,' उनले भने।
‘सम्मानमा सम्झौता हुँदैन’
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरू राजनीतिबाट निष्क्रिय नबस्ने र युवापुस्ताको रक्षाकवच बनेर अघि बढ्ने बताए।'कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि सारेर उनीहरूको रक्षाकवच भएर हिँड्न तयार छौँ। सम्मानका लागि पञ्चायतसँग पनि लडियो, बरु मर्न तयार हुन्छौँ तर सम्मानमा सम्झौता गर्न सक्दैनौँ,' उनले भने।
खड्काले सम्मानका लागि विगतमा पञ्चायतविरुद्ध संघर्ष गरेको स्मरण गर्दै “बरु मर्न तयार हुन्छौँ, तर सम्मानमा सम्झौता गर्न सक्दैनौँ,” भने। उनले पार्टी सभापति गगनकुमार थापाले नचाहेसम्म नेपाली कांग्रेस एक हुन नसक्ने दाबी गर्दै पार्टी एकताका लागि नेतृत्वले पर्याप्त पहल नगरेको आरोप लगाए। खड्काले पार्टी एकताको पक्षमा आवाज उठाउँदा आफूहरूमाथि ‘बार्गेनिङ’ गरेको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
“हामी विशेष महाधिवेशनलाई स्वीकार्न तयार छौँ। गगनजी, १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई पूर्णता दिनुस्, सबैलाई समेट्नुस् भन्दा त्यो बार्गेनिङ कसरी हुन्छ?” उनले प्रश्न गरे। उनले पार्टीभित्रको विवाद अन्त्य गरी सबै पक्षलाई समेटेर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन्।
‘गगनजी, कांग्रेस जोड्ने आँट गर्नुस्’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गर्ने बताउँदै सभापति गगन थापालाई कपट त्यागेर पार्टी एकताको पहल गर्न आग्रह गरे। 'तपाईं साहसी बन्नुस्, अकपट बन्नुस्। खुला छाती राखेर ‘मैले कांग्रेस जोडेँ’ भन्ने आँट गर्नुस्,' सिटौलाले भने।
सिटौलाले संस्थापन इतर पक्षले कुनै पनि प्रकारको छलछाम नगरेको दाबी गर्दै आगामी रणनीतिसमेत खुला रूपमा अघि बढाइने बताए। 'हामी छलछाम गरिरहेका छैनौँ। यही महिनाको अन्त्यसम्म एउटा राष्ट्रिय भेला हुन्छ। त्यसबाट नयाँ कार्यदिशा तय हुन्छ। त्यो कार्यदिशा के हो भन्ने सबैले बुझ्नेछन्,' उनले भने।
उनले आफूहरूले सबै कुरा स्पष्ट रूपमा राख्दै आएको उल्लेख गर्दै पार्टीभित्रको एकता र नयाँ राजनीतिक दिशाका लागि इमानदारीपूर्वक पहल गरिरहेको बताए।
‘विभाजन भए जिम्मेवारी सभापतिको’
नेता डा. शशांक कोइरालाले पार्टी विभाजनको अवस्था आए त्यसको राजनीतिक र नैतिक जिम्मेवारी सभापति गगन थापाले लिनुपर्ने बताए। उनले कांग्रेसभित्र बढ्दो अविश्वास, समूहगत अस्वस्थ प्रतिस्पर्धा र विवादले पार्टीलाई कमजोर बनाएको भन्दै त्यसलाई बेवास्ता गर्न नहुने बताए।
‘कांग्रेसमा हुकुमी शासन जन्मियो’
नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र हुकुमी शैली हावी भएको आरोप लगाए। “कांग्रेस पनि कताकता हुकुमी शासनको तरिकाले चलिरहेको महसुस गरेको छु। बिना स्पष्टीकरण वडा सभापतिहरूलाई हटाइन्छ भने त्यो हामीलाई स्वीकार्य हुँदैन,” उनले भने।
उनले सभापति गगन थापाले बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई थाँती राखेर सामाजिक लोकतन्त्रको अवधारणा अघि सारेको भन्दै प्रश्नसमेत उठाए।
‘माग नसुनिए नयाँ बाटो रोज्छौँ’
नेता विमलेन्द्र निधिले नेतृत्वले पटक–पटक राखिएका एकताका प्रस्ताव अस्वीकार गरे नयाँ राजनीतिक बाटो रोज्नु बाध्यता हुने चेतावनी दिए।“हामीले एकताका लागि बारम्बार प्रयास गरेका छौँ। यदि हाम्रा माग र सहमतिका आधार स्वीकार गरिएनन् भने नयाँ बाटो तय गर्नु हाम्रो बाध्यता हुनेछ,” उनले भने।
उनले वर्तमान नेतृत्वमा आवश्यक दूरदर्शिता र परिपक्वताको अभाव रहेको आरोप पनि लगाए। कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले पार्टीको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक निर्णय हुन सक्ने संकेत दिएका छन्। उनीहरूको अभिव्यक्तिले कांग्रे
.gif)

.png)

