जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यू
जनकपुरधाम : प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यू आदेश लागू गरिएको छ । प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू आदेश जारी गरिएको जनाएको छ । पछिल्लो समय जनकपुरधाम क्षेत्रमा भएको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले सुरक्षा सतर्कता बढाएको हो ।
कर्फ्यू अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई आवतजावत नगर्न प्रशासनले आग्रह गरेको छ । थप अवस्थाको मूल्यांकन गर्दै आवश्यक निर्णय लिइने जनाइएको छ । उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चौकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वमा बेलौनी रोड– एम.क्यु.स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रि प्राविसम्म, दक्षिणमा नगराइन नगरपालिका देखि नगराइन चोकसम्म र पश्चिममा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–स्कोन जनकपुर–दुतमती पुल, बेला, कादरी मस्जिदमा कर्फ्यु लागू हुनेछ।
अर्को आदेश जारी नभएसम्मका लागि कफ्यू आदेश जारी गरिएको छ। यसका क्रममा कसैले पनि आवजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न पाइने छैन।
.gif)

.png)

