सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश


२०८३ श्रावण २७ बुधबार १९:०८ बजे

काठमाडौं :  विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका थिए।

बुधबार दुवैजनालाई अर्को सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। बयान र थुनछेक बहसपछि अदालतले दुवैलाई थुनामा पठाउने आदेश गरेको हो।  पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।

सोही मुद्दामा पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। अदालतले पौडेललाई साधारण तारिखमा छाड्दै भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७