बाढीपीडितलाई गालीगलौज गर्ने सरकारी संयन्त्रमाथि पद्मा अर्यालको प्रश्न


२०८३ भदौ ३० मंगलबार १५:३७ बजे

काठमाडौं : नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीका पीडितहरूले आवाज उठाउँदा सरकारी संयन्त्र तथा प्रधानमन्त्रीका नाममा सञ्चालित सामाजिक सञ्जाल खाताबाट आक्रोश र गालीगलौज गरिएको भन्दै आपत्ति जनाएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले सरकारी संयन्त्र तथा प्रधानमन्त्रीका नामबाट सञ्चालित सामाजिक सञ्जाल खातामार्फत पीडित नागरिक र आलोचकहरूमाथि आक्रोशपूर्ण तथा आपत्तिजनक अभिव्यक्ति दिइएको बताइन्। उनले प्रधानमन्त्रीको नाममा नक्कली आइडी बनाएर दुरुपयोग गर्नेलाई कारबाही गर्दै अनधिकृत खाताहरू तत्काल बन्द गर्न माग गरिन्।

सरकारी खर्चमा सञ्चालन हुने हेलिकप्टर उद्धारका लागि भन्दा ‘हामी नेपाल’ जस्ता संस्थाका कन्टेन्ट क्रिएटर बोक्न तथा सामाजिक सञ्जालका रिल बनाउन प्रयोग गरिएको आरोप पनि उनले लगाइन्। भदौ १० गतेको भीषण बाढी–पहिरोका क्रममा राज्यले समयमै प्राविधिक क्षमता, विज्ञता र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नसक्दा ठूलो मानवीय क्षति भएको उनको भनाइ थियो।

अर्यालले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय विशेष समिति गठन गर्नुपर्ने धारणा राखिन्। साथै, २०७२ सालको भूकम्पपछिको अनुभवलाई आधार बनाएर प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्वायत्त र अधिकार सम्पन्न ‘विशेष पुनर्निर्माण प्राधिकरण’ गठन गर्न प्रस्ताव गरिन्। गृहमन्त्रीले आफैँ अभियुक्त तोक्ने तथा कानुनभन्दा माथि रहेर अभिव्यक्ति दिने गरेको आरोप लगाउँदै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यताको खिल्ली उडाएको बताइन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७