मनाङको हिम्लुङमा हिमपहिरो

१२ आरोही बेपत्ता भएको आशंका


२०८३ असोज ११ आइतबार १७:२३ बजे
फाइल फोटो

काठमाडौं : मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा करिब एक दर्जन व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ।

आइतबार बिहान हिम्लुङ हिमालमा हिमपहिरो गएको हो। हिमाल आरोहणका लागि गएको २२ जनाको टोलीमध्ये करिब १२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी रहेका थिए।

बेपत्ताको खोजी तथा उद्धारका लागि काठमाडौंँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको छ। घटनामा के–कति क्षति भयो भन्ने यकिन विवरण भने आइनसकेको प्रहरी सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार टोली घटनास्थल पुगेपछि मात्रै क्षतिको विस्तृत विवरण आउने प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७