७०१ चालक कारबाहीमा पर्दा ७८ जना मापसेमा परे
काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७०१ जना सवारी चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सोमबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७८ जना चालकलाई कारबाही गरेको जनाएको छ।
त्यस्तै, सिसिटिभीबाट पहिचान भएका ३५ जना र रातोबत्ती उल्लंघन गर्ने २९ जना चालक कारबाहीमा परेका छन्। तीव्र गतिमा सवारी चलाउने ११४ जना चालकलाई समेत कारबाही गरिएको छ।
हर्न निषेध उल्लंघनमा १४ जना, लेन क्रस गर्ने ६ जना, सवारीको अवस्था ठीक नभएका २४ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ११ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले अन्य कसुरमा ३९० जना चालकलाई कारबाही गरेको जनाएको छ।
.gif)

.png)


