कांग्रेस मतदानको समय दुई घण्टा थपियो


२०८३ असोज २३ शुक्रबार १४:४७ बजे
तस्बिरः नेपाल फोटो सर्भिस

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ।

दिउँसो ३ बजेसम्मका लागि निर्धारित मतदान समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको हो।

मतदानमा ढिलाइ भएपछि समय थप गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एक जना प्रतिनिधिलाई कम्तीमा आधा घण्टा लाग्ने भएकाले निर्धारित समयमा मतदान सम्पन्न गर्न कठिनाइ भएको हो।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि समय थप गरिएको हो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। 

सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत पदका लागि २३ वटा समूहमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय साँझ ५ बजेसम्मका लागि थप गरिएको जानकारी दिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७