७ हजारभन्दा बढी प्रतिनिधि छान्दैछ्न् कांग्रेस नेतृत्व


२०८३ असोज २३ शुक्रबार ०७:५१ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । 

मतपत्र छपाइमा ढिलाइ भएपछि एक दिन पछाडि सरेको मतदानका लागि निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।

मतदानका लागि काठमाडौंस्थित राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ । 

प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थागत प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरका विभिन्न हलमा मतदानको व्यवस्था गरिएको छ ।

यस महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन हुनेछन् । निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ ।

यसअघि असोज २२ गतेभित्रै निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम एक दिन पछाडि धकेलिएको हो । 

रातिको समयमा मतदान गराउनुभन्दा बिहानै प्रक्रिया सुरु गर्नु उपयुक्त हुने निष्कर्षसहित निर्वाचन समितिले नयाँ समयतालिका सार्वजनिक गरेको थियो ।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ । सबै पदको मतगणना सकिएपछि अन्तिम परिणाम सार्वजनिक गरिने भए पनि नतिजा सार्वजनिक हुने निश्चित समय भने तय भइसकेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७