कांग्रेस सहमहामन्त्री खस–आर्यमा आचार्य र केसीबीच प्रतिस्पर्धा
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका छन्।
३ हजार १०० मत गणना हुँदा आचार्यले १ हजार १३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले ९४९ मत पाएका छन्।
त्यस्तै, दिनेश कोइरालाले ६२४ मत प्राप्त गर्दा शुभराम बस्नेतले २०४ मत पाएका छन्।
यस पदमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
.gif)

.png)



