कांग्रेस खस-आर्य सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार आचार्यले निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतले पराजित गरेका हुन्।
आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दा केसीले २ हजार १९९ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये दिनेश कोइरालाले १ हजार २४६ मत र शुभराम बस्नेतले ५३५ मत प्राप्त गरेका छन्।
खस आर्यतर्फ सहमहामन्त्री पदका लागि चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। मतपरिणाममा आचार्य पहिलो स्थानमा रहँदा केसी दोस्रो, कोइराला तेस्रो र बस्नेत चौथो स्थानमा रहे।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य खस आर्य समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
.gif)

.png)



