२४ घण्टामा ५१४ सवारी चालक कारबाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
सोमबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, सीसीटीभीमार्फत ३९ जना र रातो बत्ती उल्लङ्घन गर्ने २१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ७३ जना, हर्न निषेधको उल्लङ्घन गर्ने ४ जना, लेन क्रस गर्ने २ जना, सवारीसाधनको अवस्था ठिक नभएका ८ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ३ जना चालक कारबाहीमा परेका छन्।
यसैगरी, अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३०० जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
.gif)

.png)




