मामाघर आएका बालकको राप्ती नदीमा डुबेर मृत्यु
दाङ : दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका खडक सिंह डाँगीका छोरा किशन डाँगीको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनी राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला राप्ती नदीमा नुहाउन गएका थिए ।
नुहाउने क्रममा नदीमा डुबेर अचेत भएका किशनलाई तत्काल उद्धार गरी लमही अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बालकको शव हाल लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
.gif)

.png)




