मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते


२०८२ फाल्गुण ७ बिहीबार १५:५२ बजे

काठमाडौँ : सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।

घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो। प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रममा गोली लागेर घाइते भएका हुन् । निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल भेटिएको थियो । बालकले सो पेस्तोल नक्कली होला भनी चलाउँदा पड्किएको थियो । 

घाइते बालकलाई प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

यसअघि गत आइतबार, मलङ्गवामा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट हत्या भएको थियो । प्रहरीले आजको घटनामा प्रयोग भएको हतियार पनि सो हत्या घटनासँग सम्बन्धित हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७