मधेशका मुख्यमन्त्री सरोज यादवले आज शपथ लिँदै
काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
यादवले आइतबार बिहान १० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका रूपमा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
.gif)

.png)




