एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्ने
काठमाडौं : एसिया कप राइजिङ स्टारमा पहिलो खेलमा भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको नेपालले आज दोस्रो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहामा जारी प्रतियोगितामा नेपालले बिहान ११ः४५ बजे यूएईसँग खेल्न लागेको हो ।
समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा भारत ‘ए’सँग ३३३ रनको लक्ष्य पछ्याउने क्रममा ११.३ ओभरमै २६ रन बनाएर अलआउट भएको थियो । उक्त हारपछि नेपाल आज यूएईविरुद्ध सुधारिएको प्रदर्शन गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।
नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान र यूएई पनि छन् । यस समूहको अर्को खेलमा आज भारत ‘ए’ र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।
.gif)

.png)




