मापदण्डविपरीत नेसनल मेडिकल कलेजलाई अस्पताल सञ्चालन गर्न दिने तयारी
काठमाडौं, २७ भदौ । मेडिकल कलेज सञ्चालनको प्रक्रिया रोकिएपछि स्वास्थ्य मन्त्रालयले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको छ । जब कि, विज्ञहरूको टोलीले कलेजको घट्टेकुलोस्थित अपार्टमेन्टमा अस्पताल सञ्चालनका लागि न्यूनतम मापदण्डसमेत नरहेको प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।
स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले कलेजलाई अस्पताल सञ्चालनको स्वीकृति दिन जोड गरेकी छिन् । तर, मन्त्रालयका सबै विभागीय प्रमुखले निर्णय फाइलमा पूर्वाधार नपुगेको भनेर टिप्पणी लेखे पनि सचिव चौधरी भने स्वीकृति दिन जोडबल गरिरहेकी छिन् ।
निरीक्षण टोलीको सुझाबविपरीत स्वीकृति दिने तयारी
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले स्वास्थ्य मन्त्रालयबाट निजी तथा गैरसरकारी स्वास्थ्य संस्था सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका, २०६१ तथा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका, २०७० ९दोस्रो संशोधन, २०७३० बमोजिम मन्त्रालयलाई तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनी निवेदन दिएको थियो ।
कलेजले २२ वैशाख ०७५ मा निवेदन दिएपछि मन्त्रालयले स्थलगत निरीक्षण गरी प्रतिवेदन पेस गर्न १० जनाको अनुगमन तथा निरीक्षण टोली गठन गरेको थियो ।
२४ असार ०७५ मा टोलीले अनुगमन तथा निरीक्षण गर्यो । उक्त टोलीले तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गर्न कुनै पनि मापदण्ड नपुगेको प्रतिवेदन तयार पारेर बुझाएको थियो ।
‘तीन सय शय्याको अस्पताल सञ्चालनका लागि चाहिने महत्वपूर्ण मापदण्ड पुगेको देखिएन । सोही आधारमा हामीले प्रतिवेदन पेस गरेका छौँ,’ अनुगमन टोलीका प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुयालले भने । तर, निरीक्षण टोलीको सुझाबविपरीत स्वीकृति दिने तयारीमा सचिव चौधरी लागिरहेकी छिन् ।
.gif)

.png)




