‘सी चिनफिङ विचार धारा’ मा बहस


२०७६ मङ्सिर ६ शुक्रबार १४:२५ बजे

काठमाडौं, ६ मंसिर । नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयमा अन्तरक्रिया आयोजना गरिएको छ ।

नेपाल–चीन हिमालयमैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा सो विचारधारासम्बन्धी कार्यक्रम गरिएको हो । नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछिको पहिलो कार्यक्रम हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्त नेम्वाङले सी चिनफिङ विचारधाराले दुई देशबीचको धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समाज एक चीन नीतिको पक्षमा उभिँदै नेपाली भूमि चीन विरोधी गतिविधि रोक्न जनपरिचालन गर्ने अभियानमा अगाडि बढेको जानकारी दिए ।

पूर्वमन्त्री तथा समाजका संरक्षक आनन्दप्रसाद पोखरेलले कार्यक्रमले एकअर्काका विचार, सिद्धान्त र प्रयोगहरुलाई बुझ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे । उनले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जग र फरक–फरक आर्थिक, सामाजिक र भौगोलिक आधारमा केही भिन्नता भएपनि दुवै देशको गन्तव्य दुई राष्ट्रको समृद्धि नै भएको बताए ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपाल–चीनबीचको सम्बन्धमा नयाँ युगको शुरुवात भएको र भ्रमणले दुई देशबीचको व्यापार पारवहन तथा उत्तरी सीमा नाका खोल्नेलगायत महत्वपूर्ण काम भएको उल्लेख गरे ।

कार्यक्रममा चिनियाँ प्राडा ओयु लिमिङले आर्थिक समृद्धिका लागि निन्तरता चाहिन्छ भन्ने कुरा चीनका राष्ट्रपति सी चिनफिङ विचारधाराबाट सिक्न सकिने बताए । समाजले नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि काम गर्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७