एमसीसी परियोजनाका लागि कर्मचारी माग (विज्ञापनसहित)


२०७८ फाल्गुण १८ बुधबार २२:५७ बजे

काठमाडौँ, १८ फागुन । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले सम्झौता गरेको परियोजना सञ्चालनका लागि कर्मचारी भर्ना गर्न विज्ञापन गरिएको छ।

एमसीसी परियोजना कार्यान्वयनका लागि स्थापित सरकारी एजेन्सी एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी मागेको हो।

संसदबाट एमसीसी सम्झौता पारित भएको २ दिनपछि नै यसका लागि एमसीए नेपालले १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको हो।

एमसीए बोर्डले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्मको पदमा आवेदन आह्वान गरेको हो। इच्छुक योग्य उम्मेदवारले आउने चैत १ गतेभित्र आवेदन बुझाइसक्नुपर्ने भनिएको छ।

​आवेदकहरुले एमसीएनेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्नेछन्।

हेर्नुहोस् विज्ञापन

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७