बालेन साह र सुनिता डंगोलको अग्रता बढ्दाे


२०७९ जेठ १ आइतबार १९:०२ बजे

काठमाडौं, १ जेठ । काठमाण्डौ महानगरपालिकामा साढे ६ बजेसम्म ९ हजार १ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ ।

एमालेका मेयरका उम्मेदवार केशव स्थापितले भन्दा बालेनले झन्डै दोब्बर मत ल्याएका हुन् । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ५ सय २३ मत प्राप्त गरे । उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने १८ सय ४६ मत प्राप्त गरे ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ सय ३८ मत प्राप्त गरेका छिन् । राप्रपाका मदनदास श्रेष्ठले ३ सय ४७ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३ सय ३५ मत प्राप्त गगरेका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै छ । उनले ३ हजार ५ सय ९१ मत प्राप्त गरिन। गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार २७ मत प्राप्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७