रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
भोटेकोसीले ल्याएको संकटबारे छलफल
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोलि बिहीबार बिहान ९ बजे सिंहदरबारमा सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने जानकारी प्रवक्ता खरेलले सामाजिक सञ्जालमार्फत दिएका छन्। बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउने र पीडितलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था मिलाउने विषयमा छलफल हुनेछ। त्यसका लागि सबै राजनीतिक दलबीच साझा रणनीति निर्माण गर्ने विषयमा समेत बैठकमा छलफल हुने रास्वपाले जनाएको छ।
.gif)

.png)

