रवि लामिछानेको चीन भ्रमण स्थगित

सांसदहरूको टोली मात्रै जाने


२०८३ भदौ ७ आइतबार १३:२७ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको छ। उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिए पनि सेप्टेम्बर दोस्रो सातामा समेत लामिछाने चीन नजाने भएका हुन्।

अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने तयारी छ। भारत भ्रमणपछि लामिछाने चीन जाने तय भएको थियो। तर नयाँ भ्रमण मिति भने हालसम्म निश्चित भएको छैन। सरकारी स्रोतका अनुसार लामिछानेले आगामी दिनमा उपयुक्त समयमा चीन भ्रमण गर्नेछन्। यसैबीच रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा उनले उच्च तहमा भेटवार्ता गर्ने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७