राहत लिएर भारतीय वायुसेनाको जहाज आउँदै

१० टन सामग्री पठाइयो


२०८३ भदौ १० बुधबार २१:३४ बजे

काठमाडौं :  भारतले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितका लागि राहत तथा औषधिजन्य सामग्री नेपाल पठाएको छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरका अनुसार भारतीय वायुसेनाको जहाजमार्फत १० टन राहत तथा औषधिजन्य सामग्री काठमाडौं पठाइएको हो।

जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत नेपालका बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराइएको जानकारी दिएका छन्। उनले विपद्को यस कठिन घडीमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गरेका छन्।

बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार बाढीमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको जनाइएको छ। उद्धार तथा राहत कार्य जारी छ।

Dispatched 10 tonnes of HADR assistance and essential medicines to support Nepal’s response to the devastating floods.

Our thoughts are with the bereaved families and all those affected.

In face of this challenge, India stands with Nepal and its people. pic.twitter.com/FUJdkJzi1o

— Dr. S. Jaishankar (@DrSJaishankar) August 26, 2026

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७