एसएसपी बढुवा : राअवि, ०५४ र ०५६ काे टोलीविच तिव्र प्रतिस्पर्धा, गृहमा बालुवाटारको हस्तक्षेप


२०७९ असार २४ शुक्रबार १८:२८ बजे

काठमाडौं : गृह र बालुवाटारको स्वार्थ बाझिएपछि प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सकस उत्पन्न भएको छ । एसएसपी बढुवामा प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सचिवालयले हस्तक्षेप गरेपछि बढुवा रोकिएको हो ।

गृहमन्त्रालयले गत असार ८ गते १७ जना एसएसपीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको थियो । १७ जना एसएसपीहरु डीआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा अहिले ३२ जना एसएसपीको दरबन्दी रिक्त छ । ३२ रिक्त पदमा बढुवा हुन ६० प्रहरी उपरीक्षक एसपीहरु तिव्र दौडधुपमा छन् ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले २०७४ साउन १९ मा भएको एसपी बढुवाको वरियताकै आधारमा एसएसपी बढुवा तयारी गरेका थिए । तर कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री देउवामार्फत पछिल्लो ब्याचबाट एसपी भूपेन्द्र खत्रीलाई जसरी पनि एसएसपी बढुवाको लागि दबाब दिएपछि बढुवामा सकस भएको स्रोतको भनाई छ ।

कुनै बेला नेविसंघको नेता समेत रहेका खत्री प्रहरीभित्र क्षमतावान् अफिसर मानिन्छन् । सङ्गठित अपराध अनुसन्धानमा दख्खल राख्ने खत्रीले रौतहटको राजपुर बमकाण्ड लगायतका दर्जनौ अपराधका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलको मुद्दामा सफल अनुसन्धान गरेका थिए ।

खत्रीलेसीआईबीमा रहेर अपराध अनुसन्धान महाशाखामा सफलतापूर्वक जटिल प्रकृतिका अनुसन्धान गरेका छन् । माघ २०६८ मा बबरमहलस्थित नेपाल आयल निगम अगाडि भएको बम विस्फोटमा संलग्नहरू ७२ घण्टामा नै पक्राउ परेका थिए । उक्त घटनाको अनुसन्धानमा सीआईबीको तर्फबाट खत्री नै खटिएका थिए ।

त्यस्तै १८ वैशाख २०६९ मा जनकपुरस्थित रामानन्द चोकमा भएको विस्फोटको शुरूआती अनुसन्धानको नेतृत्व पनि खत्रीले नै गरेका थिए । उक्त घटनामा सञ्जय साह संलग्न भएको तथ्य खत्री नेतृत्वको अनुसन्धान टोलीले पत्ता लगाएको थियो । साहसहित ७ जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । साह ६ वर्षदेखि कारागारमा छन् ।

राअवि ०५४ र ०५६ काे टोलीविच तिव्र प्रतिस्पर्धा

३२ पदका लागि प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धान विभागबाट आएकासँगै २०५४ र २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोली छन् ।

अहिले राष्ट्रिय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा २०५३ पुस ५ मा नियुक्त भई सेवा परिवर्तन गरी प्रहरीमा प्रवेश गरेका अधिकृतहरु एसएसपी बढुवाको वरिष्ठता क्रममा अगाडि छन् ।

२०७४/०४/ १९ मा भएको एसपी बढुवा सूचीको वरियतामा पहिलो नम्बरमा सिद्धिविक्रम शाह, दोस्रोमा सुशीलसिंह राठौर र तेस्रोमा माधवप्रसाद श्रेष्ठ थिए । चौथोमा एसपी हुने गणेश चन्द छन् । चन्दपछि एसपी हुने पाँचौं व्यक्ति उमाप्रसाद चतुर्वेदीसहित ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ, विमल बस्नेत पनि अनुसन्धानबाटै प्रवेश गरेका हुन् ।

त्यसपछि २०५४ सालमा निरीक्षकमा भर्ना भएको टोली छन् । राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा, सञ्जिव शर्मा दास छन् ।

यसैगरी मनोजकुमार यादव, विनोद घिमिरे, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, रामेश्वर यादव, दिलीपसिंह देउवा र सञ्जिव शर्मा दास पनि राअविबाटै आएका हुन् ।

राअबाट आएका

वरियतालाई हेरेर गृहमन्त्री खाण र प्रहरी महानिरीक्षक सिंह यी मध्येबाट बढुवा गर्ने पक्षमा छन् । तर २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ मा एसपी भएका खत्रीले दबाब बढाएपछि सोही लटका विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, सविन प्रधान, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दिप शमशेर जबरा, नवीनराज राई, तारादेवी थापा, आभुषण तिम्सिना, प्रविण पोखरेल, प्रज्वल महर्जन, बसन्त रजौरे, वीरबहादुर ओली र चन्द्रदेव राई पनि प्रतिस्पर्धामा छन् ।

प्रहरीमा भर्ना भएका

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७