विपक्षी दलको बैठकमा प्रचण्डको विश्लेषण : रवि पक्राउ पर्न सक्छन्


२०८१ कार्तिक २ शुक्रबार १४:३८ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको विश्लेषण गरेका छन् ।  आज (शुक्रबार) विपक्षी दलहरुको बैठकमा प्रचण्डले प्रतिपक्षीलाई फुटाइ दिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन् ।

बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार पक्राउ गर्ने रणनीतिमा रहेको उनले विश्लेषण गरेका हुन् । यदि सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने पनि विपक्षी दलहरुले निर्णय गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७