त्रिभुवन विश्वविद्यालयमा भोलि बिदा (सूचनासहित)


२०८१ कार्तिक २० मंगलबार १४:४४ बजे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोलि (बुधबार) शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो । शिक्षाविद् समेत रहेका ७३ वर्षीय शर्माको कात्तिक १६ गते निधन भएको थियो ।

उनको निधनमा शोक व्यक्त गर्दै विश्वविद्यालयले एक दिन त्रिवि केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द हुने जनाएको छ । त्रिवि कार्यकारी परिषद्को २०७२ चैत ४ गते बसेको बैठकको निर्णय नम्बर ४०३ ले त्रिविका पदाधिकारी (पूर्वपदाधिकारी समेत)को निधनमा शोक बिदा दिने निर्णय गरेको थियो ।

सोही आधारमा एक दिन शोक बिदा दिइएको सूचना अधिकारी भीमबहादुर श्रेष्ठले जानकारी दिए । उच्च माध्यमिक विद्यालय शिक्षा परिषद्का पूर्वउपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिव, मदनभण्डारी मेमोरियल कलेजका पूर्वक्याम्पस प्रमुख समेत रहेका शर्माको ओम हस्पिटल चाबहिलमा उपचारका क्रममा निधन भएको थियो । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७