उपत्यका अपराध अनुसन्धान कार्यालयका दुई प्रहरी ‘लुटपाटमा संग्लन’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी दुई लुटपाटको घटनामा संलग्न रहेको तथ्य खुलेको छ । कलंकीस्थित एक रेस्टुरेन्टमा भएको लुटपाटमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो ।
पुरानो खालको लेदरको पैसा लुटपाटमा संग्लन भेटिएपछि उनीहरु बुधबार पक्राउ परेका छन् । थप अनुसन्धानका निम्ति बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई लगिएको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार, अनुसन्धान कार्यालयको कीर्तिपुर प्रहरी वृत्त (पीसीबी) मा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो ।
उनीहरूले पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका युवकलाई हत्कडी लगाउन बिचौलियालाई हत्कडी समेत प्रहरीले जनाएको छ ।