बीआरआईमा एमाले र कांग्रेसको धारणा फरक छैन : महामन्त्री थापा


२०८१ मङ्सिर १२ बुधबार १६:०९ बजे
फाइल फोटो

मोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ परियोजना बीआरआईमा एमाले र कांग्रेसको फरक धारणा नभएको बताएका छन् । आज (बुधबार) विराटनगर पुगेका महामन्त्री थापाले बीआरआईमा एमालेसँग समान धारणा रहेको दावी गरे  ।

महामन्त्री थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूको रहेको बताए । महामन्त्री थापाले भने, ‘हामीलाई अहिले विकासका लागि ठूलो पुँजी चाहिएको छ । मित्र राष्ट्रले अनुदान दिओस् र बहुपक्षीय दातृ निकायबाट सस्तो ऋण लिन चाहन्छौं । अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’

महामन्त्री थापाले सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा कांग्रेसका लागि नयाँ र नौलो नभएको पनि बताए । चीनसँग यसअघि भएका दर्जनौं समझदारीहरूमा हस्ताक्षर र कार्यान्वयनको अपेक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट राखेको उनले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७