प्रधानमन्त्रीसँग रास्वपा प्रमुख सचेतक परियारको भेट


२०८१ मङ्सिर १२ बुधबार १७:३९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रमुख सचेतक परियार बालुवाटार पुगेर मंगलबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बताइएको छ । 

रास्वपाले प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि समय नदिएको बताउँदै आएको थियो । कार्यवाहक प्रवक्ता मनिष झाले गत मंसिर २ गते प्रधानमन्त्री ओलीले आफूहरूलाई भेट्न समय नदिएको बताएका थिए । प्रधानमन्त्रीलाई भेटेर माग पत्र बुझाउन खोजे पनि प्रधानमन्त्री ओलीले ५ मिनेट समय पनि नदिएको उनको भनाइ थियो । रास्वपाको उक्त गुनासोपछि प्रधानमन्त्रीले प्रमुख सचेतक परियारलाई भेटवार्ताको समय दिएका हुन् । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७