उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको फरक मत


२०८१ मङ्सिर १२ बुधबार १६:३६ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको बिजुलीको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको आज (बुधबार) को बैठकले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको हो । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । विद्युत नियमन आयोगको चिठीअनुसार तत्काल उद्योगमा बिजुली नकाट्ने तर, वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको उनले जानकारी दिए । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको थियो । यसअघि प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो ।

सरकारले प्राधिकरणलाई बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो । १५ दिनको अवधि आज सकिँदैछ । तर आजको निर्णयमा दुई सञ्चालकले भने फरक मत राखेका छन् । समितिको बैठकमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७