प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई नियुक्त


२०८१ पौष १६ मंगलबार १६:३१ बजे

काठमाडौं । राष्ट्रपति  रामचन्द्र पौडेलले  प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन् । सभामुखको सिफारिसमा राष्ट्रपति पौडेले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सभामुख देवराज घिमिरेले आइतबार राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि  राष्ट्रपति पौडेलसँग  सिफारिस गरेका थिए । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७