साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोजिंदैछ : माधव नेपाल


२०८१ फाल्गुण ९ शुक्रबार ०९:०९ बजे
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकारले साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स–साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यति नै अग्रसर भएको अध्यक्ष नेपालले बताए । सरकार संसदनको नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तिनीहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेको अध्यक्ष नेपालको भनाई छ । उनले सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरे। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७