तीन तलामाथिबाट खसेर पाहुना गएका व्यक्तिको मृत्यु 


२०८१ फाल्गुण १० शनिबार १९:१० बजे

मकवानपुर । मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर पाहुना गएका एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार हेटौंडा–५ सानोपोखरामा पाहुना गएका बेला ती व्यक्तिको मृत्यु भएको हो ।     

चितवनको कालिका–६ खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीको मकवानपुरमा भिनाजु हरि लामिछानेको घरमा गएका बेला मृत्युु भएको हो । शुक्रबार घरको तीन तलामाथि छतमा बसिरहेको अवस्थामा उनी अचानक छतबाट तल भुइँमा खसी घाइते भएका थिए । 

टाउकाको अगाडिको भागमा चोट लागी गम्भीर घाइते अवस्थामा रहेका उनलाई आफन्तले उपचारका निम्ति हेटौँडा अस्पताल पुर्‍याएका थिए । उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा दिउँसो दुई बजे मृत्यु भएको हो । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७