नेपाल–चीनबीचका १४ व्यापारिक नाका सञ्चालनमै छन् : प्रधानमन्त्री


२०८१ चैत ७ बिहीबार २३:१६ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरुमध्ये १३ नाका पुनःसञ्चालनमा आइसकेको बताएका छन् । आज (बिहीबार) को प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताए। उनले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुपति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताए । व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल–चीनको सिमानमा रहेका १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाकाहरु पुनः सञ्चालन गर्ने सीमा व्यवस्थापन सम्बन्धमा नेपाल र चीनबीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँदछु । सोही बमोजिक चीनसँग सीमा जोडिएको जिल्लाका नेपाली नागरिकहरुलाई चीन आवगमन गर्न अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचका  १४ नाकाहरु मध्ये उरैभञ्ज्याङ, बझाङरहेको छ । सो नाका सुचारु गर्न सम्बन्धित निकायहरुसँग समन्वय एवं कुटनीति तवरमा पहल भइरहेको छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७