राप्रपा नेपालका प्रवक्ता अधिकारीको निधन


२०८१ चैत ८ शुक्रबार ०४:३६ बजे

काठमाडौं । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारका क्रममा संयुक्त अधिराज्य अमेरिकामा निधन भएको छ । ‘राष्ट्रवादी विचार राख्ने अधिकारीको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको छ’, पार्टीले भनेको छ । 

उनको शुक्रबार निधन भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुष्टी गरेका छन् । ‘यो दुखद समाचार सुन्दा म मर्माहत र स्तब्ध भएको छु’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वसन्तजी निष्ठावान, ईमान्दार र असल राष्ट्रवादी नेता हुनुहुन्थ्यो । उहाँको निधनबाट राप्रपा नेपाललाई अपुरणीय क्षति भएको छ ।’

२०१३ सालमा संखुवासभामा जन्मिएका अधिकारीका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको निधनमा दुःख व्यक्त गर्दै पार्टीले केन्द्रीय कार्यालय र देशभरका कार्यालयमा ३ दिन झण्डा झुकाउने र १३औं दिनमा शोक सभा गर्ने निर्णय गरेको  छ । अधिकारीको शवको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७