लक्ष्मी स्टिलले तिर्न थाल्यो डेडिकेटेडको बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता


२०८१ चैत ८ शुक्रबार ०४:४२ बजे

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत खपत गरे बापतको बक्यौता महसुल तिर्न थालेको छ ।

२३  करोड ७९ लाख  रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । उद्योगले २८ किस्तामा बक्यौता तिर्नेछ ।

यस्तै सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७