जिलेप्सीको गोलमा सिङ्गापुरविरुद्ध नेपालको ऐतिहासिक जित


२०८१ चैत ८ शुक्रबार ०५:३२ बजे

काठमाडौं । जिलेप्सीजंग कार्कीको एक मात्र गोलमा नेपालले शुक्रबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सिंगापुरलाई १–० ले पराजित गरेको छ । नेपालले सिङ्गापुर नेशनल स्टेडियममा यो ऐतिहासिक जित हात पारेको हो । खेलको १२ औं मिनेटमा जिलेप्सीले गरेको गोल नेपाललाई जित दिलाउन पर्याप्त रह्यो । नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिङ्गापुरलाई हराएको यो नै पहिलो पटक हो । यसअघिका दुई औपचारिक खेलमा सिङ्गापुर नै विजयी रहेको थियो । यस्तै नेपालले सिङ्गापुरलाई गोल गरेको समेत यो पहिलो पटक हो । अब नेपालले एसिया कप छनोट तेस्रो चरणमा मलेसियाको सामना गर्दैछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७