भोटेकोशी बाढी : ५४७ जनाको शव फेला, ९७७ जना सम्पर्कविहीन
काठमाडौं : भोटेकोशी बाढीमा परी बेपत्ता भएका मध्ये हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले विभिन्न आठ जिल्लामा ५४७ जनाको शव फेला परेको जनाएको छ। प्रहरीका अनुसार फेला परेका शवमध्ये एक जना प्रहरी रहेका छन्।
हालसम्म रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नुवाकोटमा ३८, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै, भारतीय सञ्चारमाध्यमहरूले भारततर्फ पनि बाढीले बगाएर ल्याएका शव फेला परेको जनाएका छन्।
प्रहरीका अनुसार बाढीपछि हालसम्म ९७७ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये ४५ जना नेपाली सेना, २७ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी रहेका छन्। सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। सुरक्षा निकायले भोटेकोशी, त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा समेत खोजी अभियानलाई तीव्र बनाएको छ।
.gif)

.png)

