भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो


२०८३ भदौ १२ शुक्रबार १३:५९ बजे

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ४७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ४७५ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ। यस्तै, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको प्रहरीले जनाएको छ। बाढीपछि अझै सम्पर्कविहीन रहेकाहरूको खोज तथा उद्धार कार्य जारी छ। खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।

सुरक्षा निकायका टोलीले प्रभावित क्षेत्रसँगै नदी तटीय क्षेत्रमा समेत बेपत्ता नागरिकको खोजी तथा शव संकलन गरिरहेका छन्। नदीको तीव्र बहाव र जोखिमपूर्ण भूगोलका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७