रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार


२०८३ भदौ ११ बिहीबार २२:०६ बजे

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानका क्रममा ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ३८९ शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ जनाको शव फेला परेको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा घाइतेको खोजी र उद्धार कार्यलाई सुरक्षाकर्मीले निरन्तरता दिएका छन्। यसक्रममा हालसम्म ४६६ जना घाइतेको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।

बाढीपछि नदी तथा आसपासका क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ। सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७